Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1788




पर्वतको दुर्लुङमा जय माँ आमा समुहको भवन निर्माण–साँसद गुरुङद्धारा उद्घाटन
पर्वतको दुर्लुङमा जय माँ आमा समुहको भवन निर्माण–साँसद गुरुङद्धारा उद्घाटन

पुष २४, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । जय माँ आमा समूहले २६ लाख ५० हजारको लागतमा निर्माण गरेको उक्त भवनको प्रतिनिधीका साँसद लालकाजी गुरुङले सोमवार दुर्लुङमा आयोजित कार्यक्रममा उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले आर्थिक उपार्जनमा लाग्न स्थानीयलाई सुझाव दिनुभयो । उहाँले आर्थिक उपार्जनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । अवसरका लागि गाउँ छोड्ने क्रम बढेको भन्दै साँसद गुरुङले आर्थिक उपार्जनको माध्यम भए गाउँ छोड्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले आमा समूहको मिहेनतले सामूदायिक भवन बनेको र यो भवनको सहि सदुपयोग गर्न महिला समूहलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आफु साँसद बनेको बेला गाउँ गाउँमा सामूदायिक भवन बनाए पनि ति सामूदायिक भवन सहि सदूपयोग नभएको बताउँदै दुर्लुङबासीहरुलाई सामूदायिक भवनलाई प्रयोग गरि सिप सिक्न आग्रह गर्नुभयो । सामूदायिक भवन समूदायको हितमा सदुपयोग गर्नुपर्ने जोशीले बताउनुभएको छ । कुश्मा नगरपालिका र वडा कार्यालयको आर्थिक सहयोग र गाउँलेले चन्दा संकलन गरि उक्र भवन निर्माण गरेका हुन् ।

२०७४ सालमा निर्माण थालिएको भवन हालै निर्माण सम्पन्न भएको हो । उक्त भवन निर्माणका लागि ८४ पूजाको अवसरमा स्थानीय नारायणप्रसाद गुरुङले ५ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गर्नुभएको थियो । भवन बनेपछि सीपमुलक तालिम सञ्चालन, गाउँमा हुने विभिन्न तालिम, कार्यक्रम र सभा गर्न सहज भएको भवन निर्माण समितिका संयोजक प्रितम गुरुङले बताउनुभयो ।


कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नवराज गुरुङ, महासमिति सदस्य ऋषिकेश तिवारी, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, राप्रपाका केन्द्रिय सदस्य ईच्छाबहादुर गुरुङ, राप्रपाका नेता रणबहादुर क्षेत्री, कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्या, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य लेखबहादुर गुरुङ, साविकको जिल्ला विकास समितिका उपसभापति रामशर्मा पौडेल, समाजसेवी कृष्णप्रसाद उपाध्याय, भीमकुमारी गुरुङ लगायतले बोल्नुभएको थियो ।

जय माँ आमा समूहका कार्यवाहक अध्यक्ष रत्नकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक प्रतिबेदन संयोजक प्रितम गुरुङले प्रस्तुत गर्नुभयो । धन्यवाद मन्तव्य रेश्मीराज शर्मा, सञ्चालन शिक्षक बालकृष्ण शर्माले गर्नुभएको थियो ।   छ ।

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)