Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1643




शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा सांसद गिरीको जोड
शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्नेमा सांसद गिरीको जोड

पर्वतपर्वतको कुस्मा नगरपालिका ११ सिल्मीमा रहेको स्यानी पोखरी आधारभूत विद्यालयमा निर्माण गरिने वटा भवनको एक कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको भवनको प्रतिनिधी सभाका सदस्य पदम गरीले शिलान्यास गर्नुभयो

कार्यक्रममा बोल्दै गिरीले राज्यले सर्वसुलभ शिक्षाका लागि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो उहाँले शिक्षामा प्रयाप्त लगानी हुन नसक्दा सार्वजनिक शिक्षा प्रणाली समेत समस्यामा परेको बताउनुभयो गिरीले सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु आधारभूत वर्गका भएकाले उनीहरुको शिक्षा पाउने अधिकार रक्षा गर्न पनि सरकारले शिक्षालाई सर्वसुलभ गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास लामिछानेले सामुदायिक विद्यालयहरुको गुणस्तर बढाउनका लागि भौतिक पूर्वाधार पनि महत्पूर्ण भएकाले भौतिक पूर्वाधारका साथै योग्य जनशक्ति आवश्यक रहेको बताउनुभयो

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिका ११ का अध्यक्ष शिब प्रसाद पौडेलले शिक्षा क्षेत्रमा कुस्मा नगरपालिकाले पनि महत्वपूर्ण योजनाहरु ल्याएको बताउनुभयो कार्यक्रममा जिल्ला आयोजना कायान्वयन ईकाई शिक्षाका प्रमुख खिमबहादुर भुजेल, नेकपा पकुवा संयन्त्रका सदस्य खुम प्रसाद सुबेदी, स्थानीयवासी भिम नेपाली, विद्यालयका प्रअ राम बहादुर केसी, शिक्षिका शर्मिला नेपाली लगायतले मन्तव्य राखेका थिए

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बहादुर नेपालीको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत शिक्षिका सौभाग्य नेपाली क्षेत्री संचालन शिक्षक खिमलाल सुबेदीले गर्नुभएको थियो सोही अवसरमा कलाकार सुमन केसीले विभिन्न सांगितिक प्रस्तुती समेत गरेका थिए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( स्थानीय तह)