Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1570




बुवाआमाको स्मृतिमा ५० लाखको भौतिक संरचना निर्माण
बुवाआमाको स्मृतिमा ५० लाखको भौतिक संरचना निर्माण

पर्वत नेपाल संवाददाता पर्वतको एक गाउँमा दिवंगत बुवाआमाको स्मृतिमा ५० लाख रुपैयाँको भौतिक संरचना निर्माणमा सहयोग गरेका छन् कुश्मा नगरपालिका दुर्लुङ स्थित सूर्यप्रकाश माविमा स्थानीय रामकाजी गुरुङ, एकनारायण गुरुङ कृष्णप्रकाश गुरुङले बुवाआमा कुलबहादुर धनलक्ष्मी गुरुङको स्मृतिमा बिद्यालयको भवन निर्माण गरेका छन् भने फर्निचर व्यवस्थापन अक्षयकोष समेत स्थापना गरेका छन् । 


गुरुङ परिवारले बिद्यालयमा तीनकोठे भवन बनाईदिएको प्रधानाध्यापक श्यामसुन्दर सापकोटाले जानकारी दिनुभयो गत वर्षदेखि निर्माण सुरु गरिएको भवन विद्यालयको ३९ औं वार्षिकोत्सवका अवसरमा हस्तान्तरण गरिएको उनीहरूले विद्यालय सञ्चालनका लागि १५ लाखको कुलबहादुरधनलक्ष्मी स्मृति कोष समेत स्थापना गरिदिएका छन् विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउन प्रोजेक्टर , केही थान ल्यापटप डेस्कटप कम्प्युटर समेत उपलब्ध गराएको सहयोगदाता रामकाजी गुरुङले बताउनुभयो विद्यालयमा स्नातक तहका कक्षा सञ्चालन भए आफ्नो परिवारले थप सहयोग गर्ने गुरुङ परिवारले प्रतिबद्धता व्यक्त गर्नुभयो

 २०३६ सालमा स्थापना भएको विद्यालय प्रावि, निमावि हुँदै हाल माध्यमिक तहसम्म कुलबहादुर विद्यालयका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो निकै संघर्ष गरेर विद्यालयलाई टिकाइराखेको भन्दै कार्यक्रममा सहभागीले उहाँको योगदानको स्मरण गरे

 विद्यालयलाई आगामी दिनमा क्याम्पस तहसम्मका कक्षा सञ्चालन गर्न सकिने भएकाले त्यसमा हातेमालो गर्न व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्माले आग्रह गर्नुभयो दाताहरूले निर्माण गरिदिएको भवनको कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले उद्घाटन गर्नुभएको

 नवनिर्मित भवनको साँचो रामकाजी एकनारायण गुरुङले प्रधानाध्यापक श्यामसुन्दर सापकोटा विव्यस अध्यक्ष लेखनाथ शर्मालाई हस्तान्तरण गर्नुभएको

भौतिक संरचनाको उद्घाटन गदै नेपाली काँग्रेसका नेता गगन थापा 

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)