Correspondent, ParbatNepal
7 years ago
1861
पर्वत
नेपाल संवाददाता । जनता सुदर्शन माध्यमिक विद्यालयमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा अवस्थित जनता सदुर्शन माध्यमिक विद्यालयमा गठित भूतपूर्व विद्यार्थी समाजले जिल्ला स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
विद्यार्थीहरुको बौद्धिक क्षमतालाई उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनता
सुदर्शन माध्यमिक विद्यालय भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष मिलन पौडेलले जानकारी दिए ।
माघ
२५ गते आयोजना हुन लागेको प्रतियोगितामा कक्षा दशसम्मका विद्यार्थीले सहभागि जनाउन पाउने छन् । कार्यक्रममा एक जना छात्रा सहित ३ जनालाई समावेश गराईने छ ।
प्रतियोगितामा सामान्य ज्ञान, राजनीति, धर्म, इतिहास, सामाजिक, विज्ञान, ऐतिहासिक विषयका प्रश्न सोधिने छ । कार्यक्रममा प्रथम पुरस्कार नगद दश हजार प्रमाणपत्र, दोस्रो हुनेलाई ७ हजार प्रमाणपत्र र तेस्रो हुनेलाई ५ हजार प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पौडेलले बताए ।
प्रतियोगितामा जिल्लाभर संचालित मावि तहका विद्यार्थीले भाग लिन पाउने छन् ।
