Correspondent, ParbatNepal
7 years ago
1963
पर्वत
नेपाल–संवाददाता
। पर्वतको जलजला गाउँपालिकाको मिलनचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा
सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
मिलनचोक
घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा
तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने
मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका लागि बजार व्यवस्थापन समितिले
जडान गरेको सिसिटिभी क्यामेरा मार्फत अस्थाई प्रहरी चौकी मिलनचोकबाट निगरानी गर्न सकिने
भएको छ ।
सिसिटिभी
र पावर ब्याकअप खरिद तथा जडानका लागि जलजला गाउँपालिका ६ ठोट्नेरीमा जन्मिएका पुनले
एक लाख चालीस हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गर्नुभएको स्थानीय ओमप्रकाश शर्माले
बताउनुभयो । सिसिटभी क्यामेराको शनिबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल
(रामकृष्ण)ले उद्घाटन गर्नुभयो ।
अध्यक्ष
मल्लले सहयोगदातालाई धन्यवाद दिदै गाउँपालिकाको बजार क्षेत्रको सुरक्षाका लागि थप सिसिटिभी
क्यामेरा जडानको आवश्यकता महशुस गरिएको बताउँदै अपराध, विकृती, दुर्घटन न्युनीकरणका
लागि समुदाय, स्थानीय सरकार र समुदायबीच सहकार्यमा जोड दिनुभयो ।
जलजला
गाउँपालिका ७ का वडा अध्यक्ष टुङ्गनाथ शर्माले वडा पालिकाले थप एक वटा सिसिटिभी क्यामेरा
जडान गर्न लागेको बताउनुभयो । जलजला ४ का वडा अध्यक्ष भिष्म मल्लले बस्ती विकास र सहरीकरण
तिब्ररुपमा भइरहेको मिलनचोक र मोहनचोकमा थप सिसिटिभी क्यामेरा जडान गर्नुपर्ने बताउनुभयो
।
मिलनचोक बजार व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता, ओमप्रकाश शर्माको सञ्चालन र जमुना आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जलजला गाउँपालिका ८ का वडा अध्यक्ष हरिबिकास जिसीले सिसिटिभी क्यामेराको दिगो सञ्चालन र मर्मत सम्भारका लागि गाउँपालिकाबाट सहयोग गरिने बताउनुभयो ।
