Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1695




पर्वतको खुर्कोटमा पाँच घरमा चोरी
पर्वतको खुर्कोटमा पाँच घरमा चोरी

फागुन ७ पर्वत । पर्वतको कुश्मा नगरपालिका – २ खुर्कोटका पाँचवटा घरमा चोरी भएको छ । गएराती घरका ताल्चा फोडेर चोरहरुले घरमा राखिएका नगद, गरगहना र भाँडावर्तन चोरी भएका छन् । स्थानीय भीम रेग्मी, कमला रेग्मी, सरेश रेग्मी, बिनोद रेग्मी र अच्यूत रेग्मीको घरमा चोरी भएको हो । 

जागिरको शिलशिलामा घरबाहिर रहेका कर्मचारीहरुका घरमा चोर पसेको भीम रेग्मीले जानकारी दिनुभयो । जागिरको शिलशिलामा मानिसहरु घरबाहिर रहेको मौका छोपेर चोर पसेर सामान चोरेका छन्, भीमले भन्नुभयो,‘ के के सामान चोरी भयो भन्ने कुरा घरधनी र प्रहरी पुगेपछि मात्रै थाहा हुनेछ ।’ 

भीम रेग्मीको घरमा रहेको नगद १४ हजार र ४० रतीको सुनको औँठी चोरी भएको छ । ‘म राती आँटीमासुतेको थिएँ,’ रेग्मीले भन्नुभयो,‘ बिहान उठेर हेर्दा तल्लो तलाको ढोका खुल्ला देखेपछि चोरेको थाहा भयो ।’ अरु सबै घरमा मानिसहरु थिएनन् । 

कोहि नभएको घरमा चोर पसेर घरभित्र रहेका सामान चोरी भएको रेग्मीले बताउनुभयो । आफ्नो सहित अरुको घरमा लगाएका ताल्चा सबै फोरिएको छ । प्रहरी घटनास्थलमा पुग्दैछ ।  


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)