Correspondent, ParbatNepal
7 years ago
1751
फागुन
८ पर्वत ।
कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य
तथा भित्री सडक
कालोपत्र गर्न थालिएको
छ । नगरभित्रको
३ किलोमिटर सडक
चालु आर्थिक बर्षभित्रै
सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक,
मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार
र कालोपत्रेको काम
शुरु भएको हो
। बजारक्षेत्रका मुख्य
सडक ८ मिटर
चौडा पारेर कालोपत्रे
गर्न सहरी विकास
तथा पूर्वाधार विकास
विभागबाट स्वीकृति लिएको नगरपालिकाले
मुख्य बजारक्षेत्रमा मापदण्ड
कायम गरी काम
सुरु गरेको हो । नगरको
मुख्य र भित्री
बजारका सबैजसो सडक न्यूनतम
८ मिटर चौडा
बनाउनेगरी सडक विस्तारमा
जुटेको नगरपालिकाले जनाएको छ ।
कुश्माको सबै सडक कालोपत्रे गर्न सहरी विकास आयोजना मार्फत कुश्माका सबैजसो सडक कालोपत्रेका लागि आवश्यक रकम विनियोजन भइसकेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
यसअघि कुश्माको मुख्य बजारक्षेत्रको करिब ६ किलोमिटर सडक मात्रै कालोपत्रे थियो । सबै सडक कालोपत्रे गर्दा सदरमुकामको मुख्य बजारक्षेत्रको करिब ११ किलोमिटर सडक कालोपत्रे हुने कुश्मा–५ का वडाध्यक्ष चित्रकला शर्मा भारतीले बताउनुभयो । पहिलो चरणको ३ किलोमिटर कालोपत्रेको जिम्मा लिएका निर्माण व्यवसायी दीपक श्रेष्ठले आगामी जेठको अन्तिमसम्ममा सबै काम सकिने दाबी गर्नुभयो । वैशाखभित्र नालीको काम सकेर एक महिनामा कालोपत्रे गर्ने लक्ष्यअनुसार अघि बढेको श्रेष्ठले बताउनुभएको छ ।
कुश्माको बान्द्रेबिंडी, खरेहा, लोकतन्त्रचोक, मेलमिलापचोकलगायत कुश्मा ४, ५, ६ र ७ नम्बर वडाभित्र पर्ने सबैजसो सडक कालोपत्रेको चरणमा रहेको नगरपालिकाले जनाएको छ ।
