Correspondent, ParbatNepal
7 years ago
2444
पर्वत नेपाल । नेपाल शिक्षक संघ फलेवास नगर कार्य समिति पर्वतको प्रथम प्रतिनिधी सभा तथा पशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । फलेवास नगरपालिका–६ देविस्थानमा आयोजना गरिएको कार्यक्रममा संघमा आवद्ध शिक्षक र काँग्रेसका नेताहरु बीच अन्तरक्रिया गरिएको छ ।
‘शिक्षकको मर्यादित पेशा, विद्यार्थी जीवनोपयोगी शिक्षा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा फलेवास नगरपालिका भित्र रहेका नेपाल शिक्षक संघका प्रतिनिधीले शिक्षा क्षेत्रका देखिएका चुनौती र नेपाल शिक्षक संघका शिक्षकहरुले भोग्नु परेका समस्याका बारेमा ब्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथी एवम् नेपाल शिक्षक संघका संघिय समितिका बरिष्ठ उपाध्याक्ष याम.पि. भुषालले शिक्षकलाई राज्यले उपेक्षा गरेको गुनासो गनुभयो ।राज्यले शिक्षकको योगदानलाई कदर नगरेको उहाँको भनाई छ । राज्यले प्रजातन्त्रमा आस्था राखेकै आधारमा शिक्षक माथि दमन गरेको बताउँदै सरकार नसच्चिए कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् नेपाल शिक्षक संघ पर्वतका संस्थापक नेता बसन्तवहादुर सिके, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, अर्का महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारी, नेपाली काँग्रेस पर्वतकी पूर्व महाधिवेशन प्रतिनिधी रेखा गुरुङ, नेपाली काँग्रेसका नेता गंगाराज शर्मा, नेपाली काँग्रेस फलेवास नगर समितिका संयोजक हिरामणि सापकोटा, नेपाली काँग्रेस पर्वत क्षेत्र नम्वर २ का क्षेत्रिय सचिव धर्मराज भुषाल, नेपाल शिक्षक संघ पर्वत सचिव यज्ञ बास्तोला, पूर्व सचिव मोतीप्रसाद च्वाई, नेपाल शिक्षक संघका प्रदेश प्रतिनिधी गोपाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
