Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1714




सार्वजानिक मा.वि कटुवाचौपारीमा विदाई कार्यक्रम सम्पन्न
सार्वजानिक मा.वि कटुवाचौपारीमा विदाई कार्यक्रम सम्पन्न

पर्वत पर्वतको कुश्मा नगरपालिका कटुवाचौपारीमा अवस्थित सार्वजानिक माध्यमिक विद्यालयमा विदाई कार्यक्रम सम्पन्न भएको विद्यालयमा लामो समयदेखी अध्यापन गराई अनिवार्य अवकाश प्राप्त गर्नुभएका शिक्षिका दिपा शर्मा पौडेललाई  सम्मान सहित विदाई गरिएको

त्यस्तै विद्यालयमा अध्ययनरत कक्षा का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीलाई सम्मान सहित विदाई गरेका छन् कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका का वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले  शिक्षिका पौडेललाई विद्यालयको तर्फबाट मायाको चिनो दिनुका साथै सम्मान पत्र प्रदान गर्नुभएको थियो साथै शिक्षिका पौडेलको योगदानको बारेमा भावनात्मक मन्तव्य राख्नुभएको थियो


जीवनको उर्जाशील समय पौडेलले विद्यालयमै खर्चिनु भई विद्यालयलाई अमूल्य गुण लगाउनु भएको टिप्पणी गर्नुभयो साथै विदाई भएर जान लागेका विद्यार्थीलाई विद्यालयको गरिमालाई उच्च राख्न आग्रह गदै उत्कृष्ट नतिजा ल्याउन सुझाव दिनुभयो ।कार्यक्रममा विद्यालयका अध्यक्ष सरोज शर्मा बैरागीले शिक्षिका पौडेललाई अनुशासित समयपालक शिक्षिकाको रूपमा चर्चा गर्नुभयो

साथै विद्यालयलाई आजको स्थानमा आइपुग्न पौडेलकोे अमूल्य योगदान रहेको बताउनुभयो साथै विद्यालयले विगतमा भएका एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दावी गदै यस बर्षपनि उत्कृष्ट नतिजा ल्याउनेमा आफु आशावादी रहेको जिकिर गर्नुभयो


विद्यालयका अध्यक्ष बैरागीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रधानाध्यापक चन्द्रशेखर पाध्य, शिक्षक नरनाथ सापकोटा, जयप्रसाद पौडेल, कल्पना ढकाल, मिनप्रसाद लामिछाने डिल्ली स्मृति प्रतिष्ठानका अध्यक्ष राजिव लामिछाने, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णवहादुर वि. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो उक्त कार्यक्रमको संचालन शिक्षिका दुर्गी क्षेत्रीले गर्नुभएको थियो

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)