Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1761




मोदी गाउँपालिकामा कटान रोक्न खोलामा पर्खाल बनाईँदै
मोदी गाउँपालिकामा कटान रोक्न खोलामा पर्खाल बनाईँदै

फागुन २९ पर्वत पर्वतको मोदी गाउँपालिका को पातीचौर बजार आसपासको बस्तीलाई खोलाको कटानबाट जोगाउन पर्खाल निर्माण गर्न थालिएको वर्षेनी पातिखोलामा आउने बाढिका कारण पातीचौर बजार उच्च जोखिममा रहेको पातीखोलाको किनारमा करोडको लागतमा पर्खाल लगाउन थालिएको हो पर्खाल निर्माण पछि खोलाको कटानबाट बजारक्षेत्र, सडक, खेत जलबिद्युत आयोजना कटानबाट जोगिने अपेक्षा

मोदी गाउँपालिकामा सञ्चालित नयाँ मोदीलेखनाथ १३२ केभीए प्रसारण लाइन आयोजनाले मोदीको खोला नियन्त्रणका लागि पर्खाल निर्माण गर्ने काम थालेको हो आयोजनाको निर्माण ठेकेदार कम्पनी जेवीभी इन्डिया लिमिटेडले पातीचौरको सुन्चाप आसपासको बस्ती, पातीचौर बजार, पोखराबागलुङ राजमार्ग, तल्लो मोदी जलविद्युत आयोजना पातीचौरमैदान सडक समेत संरक्षण गर्ने गरी पर्खाल निर्माण गर्न शुरु गरेको हो

सुन्चापदेखि पातीचौर बजारसम्म नै जालीका ढुंगा भर्ने काम भइरहेको पर्खा बनाएपछि वर्षाको समय आउने बाढीको दीर्घकालीन समाधान खोजेका मोदीवासीले अब कहिल्यै खोलाको ज्यादती सहन नपर्ने मोदी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेलले बताउनुभयो आयोजनाले १२ हजार घनमिटर जाली लगाएपछि आसपासको करिब तीन सय रोपनी खेतियोग्य जग्गासमेत संरक्षण हुने भएको

 

सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)