Correspondent, ParbatNepal
7 years ago
1777
चैत्र १७, पर्वत । पर्वतको कुश्मा नगरपालिकाको–३ दुर्लुङ हुँदै घोडेपानीसम्म पुग्ने पदमार्गको निर्माण कार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माणको एक कार्यक्रमका विच सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । संघिय सरकारबाट पर्यटकीय पदमार्ग निर्माणको लागि प्राप्त भएको ५० लाख रकमबाट चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरी निर्माण कार्य शुरु हुन लागेको हो ।
शिल्यान्यास कार्यक्रममा बोल्दै सांसद गिरीले देशभरका १ सय पर्यटकीय स्थल मध्ये दुर्लुङको क्यानोनिङलाई पर्न सफल भएको भन्दै उक्त स्थानको भौतिक संरचनाको विकास अव छिट्टै हुने विश्वास दिलाए । आफ्नो गृह वडा समेत रहेको दुर्लुङलाई अवको केहि बर्षमा विकसित दुर्लुङ बनाउने उद्घोष समेत गरे । उनले कुश्मा देखि दुर्लुङको वडा कार्यालय आउने सडक अर्कोसम्म कालोपत्रे र ढलान भइसक्ने बताउँदै पदमार्ग निर्माण भएपछि पर्यटकीयको संख्यामा बृद्धि हुने दावी गरे ।
आम्बोट खोलाबाट शुरु हुने पदमार्गको लागि हाल ३ हजार ६ सय मिटर काम हुनेछ । उक्त दुरीले चनौटे गाउँ जोडिनेछ । पर्यटन प्रवद्र्धनका अभियान्ता गोलमान गुरुङका अनुसार क्यानोनिङ पुग्न पैदल यात्रा गर्न चाहने पर्यटकका लागि पदमार्ग निर्माण गर्ने र गाडीबाट आउने चाहने पर्यटकका लागि सडक विस्तार गरिने जानकारी गराए ।
वडा अध्यक्ष तेजप्रसाद पाध्याले दुर्लुङबासीका सवै खालका समस्याहरु समाधान गर्न स्थानीय सरकार पनि तयार रहेको भन्दै सघिय सरकारबाट प्राप्त रकमको सहि सदुपयोग गर्न उपभोक्ता समितिलाई आग्रह गरे । पदमार्ग निर्माण हुँदा क्यानोनिङ र होम स्टेमा आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुनेछ ।
