Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2289




चैते दशैंको अवसरमा ठूलीपोखरीमा प्रथम बाटुलेचौर मेला हुने
चैते दशैंको अवसरमा ठूलीपोखरीमा प्रथम बाटुलेचौर मेला हुने

चैत्र २५, पर्वत पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको प्रसिद्ध कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा दिने बाटुलेचौर मेला हुने भएको मेला व्यवस्थापन समितिका अनुसार आगामी चैतको ३० गते २०७६ बैशाख गते मेला हुने भएको हो विगत दशक अगाडीसम्म यस क्षेत्रकै ठूलो मेला लाग्ने उक्त स्थानको पहिचान झल्काउन साथै परम्पराको जगेर्ना गर्न मेलाको आयोजना गरिएको हो

मेलाको अवसरमा खुला लोक भजन प्रतियोगिता, खुला लोक गित प्रतियोेगिता खुला नृत्य प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलका अुनसार विगतको परम्परालाई स्थापित गराउने साथै स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने जनाईएको

कलाकारहरु याम क्षेत्री, कृष्ण अखेली, लक्ष्मी नेपाली, जीवन दाहाल तथा बसन्ती थापा लगायतका कलाकारहरुको प्रस्तुती रहने सचिब विश्वराज लामिछानेले बताउनुभयो  

सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)