Correspondent, ParbatNepal
6 years ago
2325
कात्तिक
६, पर्वत । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवा अम्बोटमा अवस्थित गहते अम्वोट आधारभुत विद्यालयले देउसी
भैलो कार्यक्रम शुरु गरेको छ ।
विद्यालयको
शैक्षिक तथा भौतिक विकासमा कसैले चासो नदेखाएपछि शिक्षक, विद्यार्थी र अभिभावकले संयुक्त
रुपमा देउसी भैलो खेलेर रकम संकलन गर्न थालेका हुन् । विद्यालयका अध्यक्ष चेतनाथ कुवँरको
घरवाट शुरु गरिएको देउसी भैलो कार्यक्रममा आज २ लाख २५ हजार ४ सय ७६ रुपैयाँ संकलन
भएको विद्यालयका शिक्षक मोती च्वाईले जानकारी दिनुभयो । विद्यालयको भौतिक तथा शैक्षिक
गुणस्तरमा सहयोग पु¥याउने उद्देश्यले तिहारको अवसर पारेर देउसी खेलिएको शिक्षक च्वाईले बताउनु भयो ।
देउसी भैलो कार्यक्रममा सोचेभन्दा राम्रो रकम संकलन भएको भन्दै विद्यालयका प्रधानध्यापक ओमकार पौडेलले विद्यालयमा निजिमा भन्दा गुणस्तरीय अध्यापन भईरहेको दावी गनुृभयो । विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यमवाट अध्यापन गराउँदै आएको जानकारी दिँदै प्रधानाध्यापक पौडेलले विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको जिकिर गर्नुभयो । अभिभावकहरुको पनि विद्यालयप्रति निकै सदासयता बढेको भन्दै विद्यालयलाई खुलेर सहयोग उहाँको भनाई छ ।
आज खेलिएको देउसी भैलो कार्यक्रममा विद्यालयका अध्यक्ष चेतनाथ कुवँरले ५० हजार १ सय ८ रुपैयाँ र विद्यालयका पूर्व शिक्षक डिल्लीराम कुवँरले ५० हजार १ सय ८ रुपैयाँ सहयोग गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयलाई सवैभन्दा बढि चन्दा दिने सहयोगदाताहरुलाई सोही अवसरमा सम्मान गरेको बताएको छ ।उक्त भैलो कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता एवम् मुडिकुवाका वडाअध्यक्ष टिकाराम गौडेलको समेत सहभागिता रहेको थियो ।
