Correspondent, ParbatNepal
6 years ago
1682
मंसिर १४ पर्वत । पर्वतको फलेवास नगरपालिकाको गौरवको अभियान ‘क्लिन फलेवास ग्रीन फलेवास’ लाई प्रभावकारी बनाउन थालिएको छ । वातावरण संरक्षण र स्वच्छतालाई जोड दिएको अभियानलाई नगरपालिकाले प्रभावकारी बनाउन वडावडामा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि मंसिर २५ गतेदेखि नगरका ११ वटै वडामा पुगेर जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तयारी रहेको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।
अहिले गाउँमा पानीका मुहान सुक्ने, मुहान सर्ने, रुखका पात पलाउने र झर्ने प्रक्रियामा परिवर्तन देखिन थालेको छ । विभिन्न नयाँ नयाँ रोगहरुको प्रकोप पनि देखिन थालेका छन् । वातावरण बिग्रनु र जलवायूमा परिवर्तन हुँदा यस्ता परिवर्तन देखिन थालेका हुन् । नगरपालिकाले पर्यावरणलाई सन्तुलनमा राख्न बन जोगाउने, पानीका मुलको संरक्षण गर्ने, पोखरीमा पानी भर्ने, चौतारा संरक्षण गर्ने, घरटोल सफा गर्ने, धुँवाधुलो कम गर्ने जस्ता अभ्यास घरघरमा पु¥याउन थालिएको छ ।
वडा सँगै बिद्यालय र टोलटोलमा गठन भएका समितिका पदाधिकारीहरुलाई सक्रिय बनाउने निर्णय गरिएको शर्माले जानकारी दिनुभयो । दिगो विकासको लक्ष्यमा समाबेश सरसफाई र स्वच्छता, वातावरण संरक्षण, दिगो समूदाय र शहर जस्ता मुद्धालाई आधार मानेर नगरपालिकाले ‘क्लिन फलेवास ग्रीन फलेवास’ अभियान सञ्चालन गरेको हो ।
नगरको सर्वाङ्गीण, बहुआयामिक तथा बहुउद्देश्यीय विकासमा नगरवासीलाई जोड्न अभियानले सहयोग पु¥याउने प्रवक्ता टिकाराम गौडेलले बताउनु भयो । ‘कृषि, पर्यटन, पूर्वाधार र रोजगार, समृद्ध फलेवास, सुन्दर आधार’ भन्ने मुल नाराका साथ शुरु गरिएको अभियान प्रभावकारी हुने भएकाले गतवर्ष देखि कार्यक्रमको थालनी गरिएको थियो । बिचमा रोकिएको अभियान पुन ः शुरु गर्न थालिएको गौँडेलले बताउनुभयो ।
अभियानले आर्थिक विकास सँगै रोजगारलाई समेत जोडेको नगरप्रमुख शर्माले बताउनुभयो । अहिले जलवायू परिवर्तनले विभिन्न असर देखाउन थालेको छ । जलवायूको असर रोक्न पनि अभियानले सहयोग पु¥याउने नगरपालिकाको विश्वास छ ।
