Contributor, ParbatNepal
5 years ago
2037
जेठ २४, पर्वत । संयुक्त अरब इमिरेट्स (यूएइ) बस्दै आउनुभएका मोहन शर्माले यहाँका नेपालीहरुलाई खाद्यान्न वितरण गर्नुभएको छ । यूएइमा रहेका नेपालीहरुलाई व्यक्तिगत खर्चमा १५ सय दिरहम बराबरको खाद्यान्न वितरण गर्नुभएको हो । यूएईको क्लेक्स कम्पनीमा कार्यरत ३ सय २२ जना नेपालीलाई १५ दिन पुग्ने खाद्यान्न वितरण गर्नुभएको पर्वत सेवा समाज यूएइका अध्यक्ष सरोज जिसीले जानकारी दिनुभयो ।
विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको समाजका अध्यक्ष जिसीले बताउनु भयो । शर्मा पर्वत सेवा समाज यूएइका संरक्षक हुनुहुन्छ । यसअघि नेपाली समाज यूएईले स्थापना गरेको कोभिड–१९ मुल समितिलाई २५ सय दिरहम सहयोग गर्नुभएको थियो । रोजगारीको शिलशिलामा यूएई पुग्नु भएका शर्मा सामजिक कार्यमा पनि निक्र सकिय हुनुहन्छ । शर्माले हालसम्म नेपालीहरुको सहयोगार्थ ४ हजार दिरहम खर्च गरिसक्नु भएको छ ।
साथै उहाँले अन्तराष्ट्रिय पर्वत समाजले स्थापना गरेको आपतकालीन राहात कोषमा २५ हजार रुपैयाँ सहयोग गरिसक्नु भएको छ । पर्वत सेवा समाज यूएइको संरक्षकमा रहेर संस्थाको गरिमालाई उच्च राखेको भन्दै पर्वत सेवा समाजले शर्मालाई धन्यवाद दिएको छ ।
पर्वत सेवा समाज यूएईका अध्यक्ष सरोज जिसीले सामजिक संजाल मार्फत शर्माले गरेको सहयोगले संस्थाको गरिमालाई उच्च राखेको भन्दै धन्यवाद दिनुभएको हो । साथै पर्वत सेवा समाज यूएइले विश्वभर फैलिएको कोरोनाका कारण यूएइमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गदै आएको छ । कोरोना फैलिएसँगे सक्रिय रहेको समाजले लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई खादान्न वितरण गर्नुका साथै सचेतनाका लागि मास्क वितरण गरेको छ ।
पर्वत सेवा समाज यूएइ पर्वतेली नागरिकको साझा संस्था हो । समाजले पर्वत जिल्लामा पनि विभिन्न कार्य गदै आएको छ ।
