Correspondent, ParbatNepal
5 years ago
2313
जेठ २५, पर्वत । निर्धन उत्थान लघुबित्त वित्तिय संस्थाको फलेवास राहाले शाखाले छात्रवृति वितरण गरेको छ । फलेवास नगरपालिका ६ देबीस्थान अन्तर्गत शान्तिचौर महिला समाजमा डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति स्वरुप प्रमाणपत्र र नगद रु. ६ हजार सहित हस्तान्तरण गरिएको हो ।
शाखाका शाखा प्रबन्धक जीतनारायण चौधरीले सदस्य मन कुमारी कुंवरकी छोरी मनिसा कुंवरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । शाखाका लेखापाल सुबोध पराजुलीले संचालन गर्नुभएको कार्यक्रममा शाखा प्रबन्धक जीत नारायण चौधरीले संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बीमा, सुत्केरी पोषण, ग्राहक तथा निजको परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग, आगलागी तथा बाढीपिडित सदस्यलाई आर्थिक राहत सहयोग लगायतका सुबिधा दिदैं आएको बताउनुभयो ।
यसका साथै कोभिड–१९ महामारीको समयमा सबै ग्राहक सदस्यहरुलाई सजग र सचेत भई कार्य गर्न उहाँले सल्लाह दिनुभयो । लकडाउनले आर्थिक रुपमा समस्यामा रहेका आफ्ना ग्राहकलाई मध्यनजर गर्दै अषार मसान्त भित्र कर्जा÷किस्ता तिर्ने सदस्यलाई ब्याजमा ३ प्रतिशत छुट दिने संस्थाले जनाएको छ ।
