Author
ParbatNepal
Correspondent, ParbatNepal
5 years ago
1663
जलजला गाउँपालिकाकी उपाध्याक्षद्धारा मोदीवेणी आश्रमस्थलमा ७० किलो तरकारी सहयोग
जेठ २९, पर्वत । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउनले समस्यामा परेका मोदीवेणी जेठ नागरिक आश्रम स्थलमा बृद्धबृद्धाहरुलाई जलजला गाउँपालिकाकी उपाध्याक्ष सिमा गर्वुजा पुनले तरकारी सहयोग गर्नुभएको छ ।
पुनले आज मोदीवेणी जेठ नागरिक आश्राममा पुगेर ७० क्वाण्टल तरकारी सहयोग गर्नुभएको हो । जेष्ठनागरिकलाई आलु, बन्दा, काउली लगायतका तरकारी सहयोग गरेको उपाध्याक्ष पुनले बताउनु भयो । आश्रममा आश्रित नागरिकलाई दैनिक उपभोग गर्ने तरकारी नहुँदा समस्या परेको गुनासो सँगै आफुले सक्ने सहयोग गरेको उहाँले बताउनु भयो ।
मोदीवेणी जेठ नागरिक आश्रममा हाल एक दर्जन भन्दा बढि नागरिक आश्रित छन् । आश्रममा प्रतिनिधीका अनुसार आश्रममा अहिले दैनिक उपभोग्य वस्तुको अभाव भइरहेको छ ।
सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)
