Contributor, ParbatNepal
5 years ago
2290
दुर्लुङ पहिरो पीडितलाई घर बनाउन कार्यदल गठन स् बिहादीका पहिरो पीडितलाई ५० हजार सहयोग
पर्वत– पर्वत वलफेयर सोसाईटी यूकेले कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारी काउलेमा पहिरोवाट घरबार बिहिन भएका पीडितलाई घर बनाईदिने निर्णय गरेसँगै कार्यदल गठन गरेको छ । पर्वत वलफेयर सोसाईटी यूकेका संस्थापक हितकाजी गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाईएको हो । समितिमा संस्थाका बरिष्ठ उपाध्याक्ष विनोद पुरी र कोषाध्याक्ष सुरज पौडेल सदस्य रहेका छन् ।
दुर्लुङ पहिरो पीडितलाई घर बनाईदिने भएपछि संस्थाले समन्वका लागि कार्यदल गठन गरेको हो । कार्यदलले कुश्मा नगरपालिका लगायत अन्य संस्थासँग समन्वय गर्ने जनाईएको छ । गत बैशाख ३१ गते अबिरल बर्षासँगै घरमाथिवाट आएको पहिरोमा पुरिएर ९ जनाको मुत्यु भएको थियो ।
त्यस्तै पर्वत वलफेयर सोसाईटी यूकेले असार १५ गते पर्वतको बिहादी गाउँपालिका ५ उराम पोखरा स्थित डाडा पोखखरादेखी रिपसम्म गएको पहिरोका कारण समस्यामा परेका दुई जना व्यक्तिलाई जनही ५० हजार सहयोग गर्ने भएको छ । उक्त संस्थाले प्रति व्यक्ति २५ हजारका दरले रकम सहयोग गर्ने जनाएको छ । यसका लागि संस्थाका कार्यसमिति सदस्य भिमलाल भट्टाराईलाई संयोजक तोकिएको अध्यक्ष नेत्र आलेले जानकारी दिनुभयो । अध्यक्ष आलेको अध्यक्षतामा सम्पन्न भएको अनलाईन बैठकको संचालन संस्थाका महासचिव भरत पौडेलले गर्नुभएको थियो ।
बैठकमा संस्थाका बरिष्ठ उपाध्याक्ष विनोद पुरी, उपाध्याक्ष एक पुन, सचिव प्रकाश न्यौपाने, कोषाध्याक्ष सुरज पौडेल, सहकोषाध्याक्ष बासु पौडेल र सदस्यहरु भिमलाल भट्टाराई, धुव्र दत्त, यम थापा मगरको सहभागी रहेको थियो ।
जन्मस्थान पर्वत भई रोजगारीको शिलशिलामा बेलायत ९यूके० पुगेका पर्वतेहरुको साझा संस्था हो । संस्थाले पर्वत जिल्लामा विभिन्न सामजिक एवम् रचनात्मक कार्य गदै आएको छ ।
