Author
ParbatNepal
Bishan Kshetri

Correspondent, ParbatNepal

8 years ago

2075




विहादी धार्मिक महोत्सवको आयव्यय सार्वजनिक गरिने
विहादी धार्मिक महोत्सवको आयव्यय सार्वजनिक गरिने

गत साल रानीपानीमा सम्पन्न श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सवको आयव्यय २४ गते  सार्वजनिक गरिने भएको छ । २४ गते बुधबार उक्त महायज्ञको आयव्यय सार्वजनिक गरिने भएको हो ।

विहादी गाउँपालिका ३ स्थित रानीपानीमा गत साल माघ १५ गतेदेखि २२ गतेसम्म महायज्ञ सञ्चालन भएको थियो । महायज्ञको आयव्यय सार्वजनिक सँगै विहादीमा क्याम्पस स्थापना र प्राविधिक शिक्षालयको स्तरोन्नतीको बारेमा पनि छलफल हुने जनाईएको छ । महायज्ञ मुल आयोजक समितिले सबै स्थानीय अभिभावकहरुलाई उपस्थित हुन आग्रह गरेको छ ।

क्याम्पस स्थापना भएपश्चात उक्त क्षेत्रका विद्यार्थीहरु थप शिक्षा अध्ययन गर्न गाउँभन्दा बाहिर जानु पर्ने छैन् । यस्तै रानीपानीमा सञ्चालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने लक्ष्य लिईएको छ ।

महायज्ञमा युवा पण्डित भागवत भाष्कर दिनबन्धु पोखरेलले प्रवचन दिएका थिए ।

na
सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)