Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1908




खुर्कोट पूर्ण खोप वडा घोषणा
खुर्कोट पूर्ण खोप वडा घोषणा



रोशन तिवारी फागुन ३ पर्वत ।  

कुश्मानगरपालिका २ खुर्कोट पूर्ण खोप वडा घोषणा भएको छ । जन्मेदेखि २ वर्ष सम्मका ८० जना वालवालिकाहरुले नियमित खोप पाएको सुनिश्चितता भएपछि विहिवार पूर्ण खोपयुक्त वडा घोषणा भएको हो ।पूर्ण खोप अभियान गतवर्ष वाट शुरु भएको हो । स्वास्थ्य चौकी ईन्चार्ज टेकनाथ सुबेदीका अनुसार स्वयंसेविका प्रत्येक घरघरमा गएर वालवालिकाले खोप लगाएको वा नलगाएको भनेर घरघरमा सर्वे गरेका थिए । त्यसपछि स्वास्थ्यकर्मी परिचालन गरेर छुटेकालाई खोप लगाउने काम भयो । अन्त्यमा अघिल्लो महिना जिल्ला स्वास्थ्य कार्यालयको टोलीले नमूना सर्वे गरेर स्वास्थ्य व्यवस्थापन समितिको वैठकले पूर्ण खोप गर्न सकिने निश्चित गरेपछि घोषणा गरिएको हो ।

नेपाल सरकारले तोकेअनुसार वालवालिकाले जन्मेदेखि २ वर्षसम्मको अवधीमा वालवालिकाले नियमित खोप अन्तर्गत विसिजी, डिपिटी, हेप. वी., हिव, पोलियो, आईपिभी, पिसिवी, दादुरा लगायतका खोप लगाउनुपर्छ । ति सबै खोप यहाँ वालवालिकाले प्राप्त गरेको सुनिश्चित भएपछि वडा पूर्ण खोपयुक्त वनेको हो ।

विहिवार वडा स्वास्थ्य व्यवस्थापन समितिको आयोजनामा विशेष समारोह गरेर कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको प्रमुख आतिथ्यतामा वडालाई पूर्णखोप घोषणा गरिएको हो । पूर्ण खोप वडा घोषणा पछि आयोजित कार्यक्रममा वोल्दै मेयर जोशीले स्वास्थ व्याक्तिले स्वास्थ्य समाज निर्माण गर्ने वताउनुभयो । उहाँले पूर्ण अव जन्मने वालवालिकालाई पनि सबै खोप लगाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका उपमेयर सिता काफ्ले लमिछाने, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. वुद्धिवहादुर थापा, कुश्मानगरपालिकाका प्रसासकिय अधिकृत सुवासकुमार लामिछाने, स्वास्थ्य संयोजक उमाकान्त सापकोटा, जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर देवेन्द्र गुरुङ लगायतले वोल्न्ुभयो ।

 वडा स्वास्थ्य समितिका अध्यक्ष एवं वडाध्यक्ष यदुनाथ वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत स्वास्थ्यचौकी प्रमुख टेकनाथ सुबेदीले गरेका थिए भने सञ्चालन कुश्मा नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक यामप्रसाद शर्माले गरेका थिए । उक्त अवसरमा साविकका ९ वटै वडाका स्वयंसेवक, स्वास्थ्यचौकीलाई जग्गादान गर्ने जग्गादाता र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)