Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1975




समाजसुधारमा खुर्कोटवासी
समाजसुधारमा खुर्कोटवासी



रोशन तिवारी फागुन ५ पर्वत । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा अवैध मदिरा, घरेलु हिँसा, लागु औषध, दुव्र्यसनी विरुद्ध अन्तरक्रिया गरिएको छ । देविस्थान आमा समूह कुश्मा नगरपालिका २ खुर्कोटको आयोजनामा सामूदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयोजनमा कार्यक्रम गरिएको हो ।

शनिवार भएको कार्यक्रममा स्थानीय महिला समूहहरु मदिरा, जुवातास, घरेलु हिँसा नियन्त्रण गर्न सक्रियतापूर्वक लाग्ने प्रतिवद्ध भएका छन् । महिला समूह सहित स्थानीय राजनीतिक दल, जनप्रतिनिधी,विद्यालयका शिक्षकहरु, यूवा क्लवका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएका थिए । 

घरेलु हिँसा न्यूनिकरणमा सक्रिय रहेको सामुदायिक प्रहरीले स्थानीय महिला समूह मार्फत मदिरा नियन्त्रण, लागु औषधको निषेध, दुव्यर्सनी न्युनिकरणमा स्थानीय महिला समूहलाई क्रियाशिल वनाउन कार्यक्रमको आयोजना गरेको प्रहरी सहायक निरीक्षक पूर्णिमा थापाले जानकारी दिइन । 

स्थानीय महिला समूह र सरोकारवालाहरुले घरेलु हिँसा अन्त्यका लागि प्रतिवद्ध रहेको वताएका छन् । देविस्थान महिला समूहका अध्यक्ष सावित्रा कुमारी शर्मा, सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मानकुमारी गिरी, पु्र्व वडा सदस्य दलबहादुर रेग्मी, लगायतले वोल्दै सभ्य समाजको निर्माणका लागि लागुऔषध, मदिरा, जुवातास निषेध गर्न सक्रिय हुने प्रतिवद्धता व्यक्त गरेका थिए । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)