Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2041




पाङ पूर्ण खोप वडा घोषणा
पाङ पूर्ण खोप वडा घोषणा



चैत्र ८ पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १ पाङ लाई पुर्ण खोप सुनिस्चित वडा घोषणा गरिएको छ । पाङका साबिकको सबै वडालाई पुर्ण खोप सुनिस्चित घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका प्रदेश ४ सभामुख नेत्र नाथ अधिकारीले वडालाई पुर्ण खोपयुक्त घोष्णा गर्नुभएको हो । 


जम्मेदेखि देखि १५ महिनाका सम्मका १०४ जना  बालबालिकालाई सबै खोप दिईसकेको र आगामी समयमा पनि बालबालिकालाई नछुटाई खोप लगाउने स्वास्थ चौकी ले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश  ४ सभामुख  नेत्रनाथ अधिकारीले पुर्ण खोप घोषण भएको मा खुशी ब्यक्त गर्दै आफ्ना बालबालिकालाई सबल र सक्षम बनाउन आग्रह  गर्नुभयो । 


उक्त कार्यक्रममा बोल्दै उहाँले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ । अधिकारीले  जनताका गुनासो सुन्ने बताउँदै जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताउनुभयो । 


संघीय संसद्ले छिटोभन्दा छिटो कानून बनाएर प्रदेश सरकारलाई बुझाउन सक्यो भने विकास र समृद्धिका कार्य छिटो अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो । देशको अर्थतन्त्र घाटामा रहेको बताउँदै बताउँदै  करको दायरा बढाएर विकासका योजना अगाडि बढाउनुपर्नेमा सभामुखले जोड दिनुभएको हो । देशमा विधिको शासन हुनुपर्नेमा जोड दिँदै उहाँले जनतालाई अधिकार सम्पन्न बनाउँदै न्याय एवं सुशासनपूर्ण वातावरणको प्रत्यक्ष अनुभूति गर्न पाउनुपर्ने बताउनुभयो । 


उक्त कार्यक्रममा वडाका  एक दर्जन स्वयमसेकिका लाई सम्मान गरिएको थियो । कार्यक्रममा कुस्मा नगर पालिकाका प्रमुख प्रशाशकिय अधिकृत सुवासकुमार लामिछाने,जिल्ला समन्वय समितिका प्रमुख मनोहर बि पौडेल  नेकपा एमाले पर्वतका  कार्यवाहाक अध्यक्ष भक्त कुँवर,मेघनाथ सुवेदी ,नेपाली कांगेसका खगराज  पौडेल ,माओबादि केन्द्रका  गोबिन्द नेपाली,जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख डा।बुद्धी बहादुर थापा लगायतले शुभकामना मनत्व्य मन्तव्य व्यक्त गर्नुभयो । वडा अध्यक्ष देवेन्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सिनियर अहेव याम प्रसाद शर्माले गर्नुभएको थियो । 


 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( स्थानीय तह)