Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2274




अधिकारी वंश प्रतिष्ठान पर्वतको अध्यक्षमा हेम प्रसाद अधिकारी
अधिकारी वंश प्रतिष्ठान पर्वतको अध्यक्षमा हेम प्रसाद अधिकारी

चैत १७ पर्वत । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान पर्वतको तेस्रो जिल्ला अधिवेशन शनिवार कुश्मामा समपन्न भएको छ । अधिवेशनले हेम प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिती चयन गरेको छ ।

उपाध्यक्षमा गोविन्द अधिकारी,सचिवमा गणेश शर्मा अधिकारी,कोषध्यषमा चित्र बहादुर अधिकारी‘गोपाल’सहसचिव रामप्रसाद अधिकारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा केशव अधिकारी,मोति प्रसाद अधिकारी,हेम कुमारी अधिकारी,सरस्वती अधिकारी र मान बहादुर अधिकारीलाई चयन गरेको छ । प्रतिष्ठानको सल्लाहकारमा उषादेवि अधिकारी,नारायण अधिकारी,प्रेम बहादुर अधिकारी,शिव शर्मा अधिकारी र एक नारायण अधिकारी रहेका छन । अधिबेशनको उद्घाटन गर्दै नेपाल शिक्षक संगठन पर्वतका अध्यक्ष चिरन्जिवी अधिकारीले अधिकारीहरुलाई एक भएर आफुना अधिकारको खोजी गर्न आग्रह गर्नुभयो । 

उहाँले अधिकारी वंशावली तयार पारेर सबैलाई एकै साङलोमा बाँध्ने कार्य भएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग बाणिज्य संघको हालै सम्पन्न सोहौँ अधिबेशनबाट सदस्यमा विजयी भएका जगन नाथ अधिकारी, चित्रबहादुर अधिकारी र दिपक अधिकारीलाई सम्मान गरिएको छ । गैससमा विजयी भएका गणेश अधिकारीलाई सम्मान गरिएको छ । उक्र कार्यक्रममा सम्मानीतहरु सबैले आफ्नो शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा हेमप्रसाद अधिकारी, गोविन्द अधिकारी, हिमकुमारी अधिकारी, शिव शर्मा अधिकारी, सोमबहादुर जिसी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन गणेश अधिकारीले गर्नुभएको थियो । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( स्थानीय तह)