Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1826




पर्वतको कार्किनेटा पूर्ण सरसफाई उन्मुख वडा
पर्वतको कार्किनेटा पूर्ण सरसफाई उन्मुख वडा

जेठ १६, पर्वत पर्वतको फलेवास नगरपालिका कार्कीनेटा पुर्ण सरसफाई उन्मुख वडा घोषणा भएको मंगलवार वडामा आयोजित कार्यक्रममा उक्त वडालाई सरसरफाई उन्मुख वडा घोषणा गरिएको हो

साविक कार्कीनेटा गाविसमा रहेका सबकै घरधुरीमा सरसफाईका सबै सुचकहरु पुरा भएको ग्यारेण्टी भएपछि कार्किनेटालाई आज एक समारोहको आयोजना गरि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो यो संगै फलेवासका वडा सरसफाइ उन्मुख वडा घोषणा भएका छन् फलेवास थापाठानालाई जिल्लाको पहिलो वडाको रुपमा घोषणा गरिएको हो

दोस्रोको रुपमा असार १० गते फलेवास खानीगाउँलाई घोषणा गरिएको थियो कार्किनेटालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले सरसफाईको अभियान निरन्तरताको अभियान भएकाले घोषण पछि पनि सरसफाईका अभ्यास निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो

प्रमुख शर्माले सरसफाईको अभियानलाई जीवन संग जोडेर लैजानुपर्ने बताउनुभएको फलेवास नगरपालिकाका अरु वडाहरुलाई सरसफाईयुक्त वडा बनाउने कार्यहरु भैरहेको जानकारी दिनुभयो कार्यक्रममा उपप्रमुख मन्जु अधिकारीले सरसफाई मानविय जीवनको अभिन्न अंग जस्तै दैनिक जीवनमा जोडिएर आउने बताउनुभयो स्वास्थ्य सरसफाईयुक्त समाजले मात्रै स्वास्च्छ देश बन्ने भएकाले सरसफाईमा बिशेष ध्यान दिन स्थानीयलाई आग्रह गर्नुभयो

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेल, फलेवास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत मोती सापकोटा, ११ वडाका वडाध्यक्षहरु, स्वास्थ्यचौकीका प्रमुखहरु, कृषि शाखा प्रमुख, इलाका बन तथा ईलाका बन कार्यालयका प्रमुखहरु, बिभिन्न बिद्यालयका शिक्षकहरुले पनि बोल्नुभएको थियो घोषणा पूर्व कार्किनेटामा रयाली निकालिएको थियो

वडाध्यक्ष बाबुराम शर्माले कार्किनेटा बिकासको सुचकमा धेरै अगाडी बढेको बताउँदै सरसफाई अभियानले अर्को इटा थपेको बताउनुभयो आज नै फलेवास थापाठानामा खुम होमस्टे समेत शुभारम्भ भएको डहरेदेउरालीको काखमा रहेको खुममा ११ वटा घरमा होमस्टे शुरु भएको हो होमस्टेको शुभारम्भ नगरप्रमुख पदमपाणी शर्माले गर्नुभयो

पर्वत स्याङजाको संगममा रहेको डहरेदेउरालीमा आउने पर्यटकलाई बास बस्ने व्यवस्था सहित मगर समूदायले खुममा होमस्टे शुरु गरेका हुन् नगरप्रमुख शर्माले खुमको मिलेको गाउँ, डहरेको रमणिय दृश्य, पोखराबाट नजिकै रहेको पर्यटकीय गाउँ सिरुवारीबाट नजिकै रहेकाले खुम टान्जिट बिन्दु बन्न सक्ने बताउनुभयो उहाँले पर्यटनबाट गाउँले धेरै फाईदा लिन सक्ने बताउनुभएको

नगरपालिकाले होमस्टेका लागि सहयोग गरेको समेत बताउनुभएको महिला तथा बालबालिका कार्यालय फलेवास शाखाका प्रमुख तारा सुनुवारले होमस्टेको बारेमा प्रकाश पार्नुभएको थियो

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)