Correspondent, ParbatNepal
7 years ago
1905
जेठ १९, पर्वत । पर्वतको फलेवास नगरपालिकामा बाटो खन्दै गरेको स्काभेटर अज्ञात समूहले आगो लगाएका छन् । फलेवास नगरपालिका ५ खानीगाउँमा बाटो रोकेको एक्साभेटरमा गएराती ११ वजे आगो लगाइएको हो ।
कुश्मा कन्ट्रक्सन प्रालीको उक्त एक्साभेटरमा आगो लगाइएको हो । पेट्रोल खनाएर एक्साभेटरमा आगो लगाइएको पाइएको प्रहरीले जनाएको छ । आगालागीवाट एक्साभेटरमा पूर्णरुपमा क्षती भएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका अनुसार राती ११ वजे आगो लगाएको खबर आफुले थाहा पाएको बताउनुभयो ।
आगो लगाउने व्याक्तिको बारेमा थाहा नभएको बताउँदै नगरप्रमुख शर्माले प्रहरी र स्थानीयलाई खबर गरेर आगो निभाएको बताउनुभयो । उहाँले के कारणले कस्ले आगो लगाएको भन्ने बारेमा अनुमान गर्न नसकिएको बताउनुभयो । अहिले बिहान प्रहरी सहित घटना स्थलमा पुगेर घटनाको यथार्थ जानकारी लिने र घटना घटाउनेलाई जुनसुकै हालतमा नछोडिने बताउनुभएको छ ।
जैमिनीघाट बाट बाटो चक्लाबन्दि गर्दै झकलाक सम्म पुगेर रोकिराखेको एक्साभेटरमा आगो लगाइएको हो । अहिले सम्म बाटो खन्ने क्रममा कुनै पनि अवरोध भएको थिएन् । खानीगाउँ देखि शंकरपोखरी सम्म नगरवासीसहरुले पूर्ण सहयोग गरिरहेको बेला खानीगाउँमा भने यो घटना घटेपछि नगरपालिकाको बिकासमा अवरोध गर्न खोजिएको पुष्टि भएको छ । यस्ता घटनाले बिकास निर्माणका कार्यमा समस्या उत्पन्न भएको छ ।
सामाजिक सन्जालमा स्थानीयहरुले आगो लागिरहेको एक्साभेटरको फोटो राखेका छन् । सामाजिक सन्जालमा पनि उक्त घटनाको व्यापक बिरोध भएको छ । ‘व्याक्तिगत जग्गा बाटोमा परेको रिसले कसैले आगो लगाएको हुन सक्ने पनि देखिएको छैन् ।
यो बिकास अवरोध गर्ने षडयन्त्र हुन सक्छ,’ नगरप्रमुख शर्माले भन्नुभयो,‘यस्ता अपराधीलाई कारवाहि गर्न हामी ढृढ भएर लाग्ने छौँ ।’ प्रदेश राजधानी जोड्न फलेवास बाट बाटो बनाउने काम भैरहेको छ । नगरपालिकाले यो सडकलाई ११ मिटर फराकिलो बनाउँदै छ ।
दुई चरणमा सडकको काम भैरहेको छ । दुई खण्डका लागि ९० लाख रुपैयाँ वजेट बिनियोजन गरेर सडकको काम भैरहेको छ । जैमिनिदेखि पोखरासम्म छोटो र छरितो बन्ने नगरपालिकाले जनाएको छ । सडक ५२ किलोमिटरको हुनेछ ।
