Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2765




नेपाल तरुण दल फलेवास नगरपालिकाको अध्यक्षमा दिनेश लामिछाने
नेपाल तरुण दल फलेवास नगरपालिकाको अध्यक्षमा दिनेश लामिछाने

जेठ २१, पर्वत नेपाल तरुण दल फलेवास नगरपालिको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको नेपाल तरुण दल जिल्ला कार्य समिति पर्वतको आयोजनामा अधिवेशन सम्पन्न भएको हो

फलेवास नगरपालिका खानीगाउँमा सम्पन्न भएको अधिवेशनले दिनेश लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको समितिको बरिष्ठ उपाध्यक्षमा अच्छुत श्रेष्ठ उपाध्यक्षमा सरोज खनाल टेकवहादुर पाठक चयन हुनुभएको समितिको सचिवमा भानुप्रकास थापा, सहसचिवमा  मनोज कुवँर मनोज रमतेल, कोषाध्यक्षमा सृजना सापकोटा, सदस्यहरुमा कुलबहादुर क्षेत्री, राजिव श्रेष्ठ,इन्द्र श्रेष्ठ, मदन श्रेष्ठ, ताराबहादुर क्षेत्री,कृष्णबहादुर क्षेत्री राजकुमार वि. चयन हुनुभएको

कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले गर्नुभएको थियो कार्यक्रमलाई सम्वोधन गदै जोशीले सम्बोधन गर्दै वर्तमान सरकारले जनताको आँखामा छारो हालेको बताउनु भयो ।लोकप्रियताको लागि कम्युनिष्टहरुले नारा मात्रै बेच्ने गरेको भन्दै जोशीले उनीहरुकले नारा लगाउनु काम गर्नुको अन्तर अब थाहा हुने बताउनुभयो


नेता जोशीले मुलुकको परिवर्तन कम्युनिष्टवाट सम्भव नभएको तर्क गर्नुभयो उहाँले एकपटक चुनाव हार्दैमा नआत्तिन काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो काँग्रेसले अव हरेक निर्वाचन क्षेत्रमा पुगेर आम नागरिकसँग जोडिएर उनीहरुका समस्या समाधान गर्नतर्फ लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो कार्यक्रममा नेपाली काँग्रेस पर्वत पूर्व सभापति नवराज गुरुङ, नेपाली काँग्रेस प्रदेश सभा ७४ का प्रत्याशी उमेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारी, अर्का महासमिति सदस्य बसन्तकुमार सिके, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, महाधिवेशन प्रतिनिधी मोहन गुरुङ, नेपाल विद्यार्थी संघ नेपालका सहमन्त्री हरिहर शर्मा, नेपाली काँग्रेस फलेवास नगरपालिकाका संयोजक हिरामणि सापकोटा, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार(शिव), नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य शैलेन्द्र गौडेल, नेविसंघ पर्वतका अध्यक्ष मिलन सुबेदी,जनप्रशासन क्याम्पस काठमाडौका स्ववियु सभापति पंकज क्षेत्री लगायतले बोल्नुभएको थियो

नेपाल तरुण दल जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष तोराण मल्ल(राज)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल तरुण दल पर्वतका उपाध्यक्ष सनम बेगम कार्यक्रमको सञ्चालन नेपाल तरुण दल पर्वतका सदस्य सन्तोष हमालले गर्नुभएको थियो

 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)