Correspondent, ParbatNepal
7 years ago
1660
जेठ २२, पर्वत । पर्वतको कुस्मा नगरपालिका –१४ आर्थर डाडाँखर्कमा किशोरीहरुले मदिरा नियन्त्रण अभियान शुरु गरेका छन ।
जथाभावी मदिरा सेवन र बिक्री बितरण गर्दा समाजमा हिंसा, असुरक्षा बढेको भन्दै आर्थर युवा महिला सञ्जालको अगुवाईमा मदिरा नियन्त्रण अभियान शुरु गरेका हुन । मदिरा नियन्त्रण अभियान शुरु गरेका किशोरीहरुले वडामा आइबार जनचेतनामुलक ¥याली गरेका छन ।
साविकको आर्थर डाडाँखर्क गाबिसका सबै वडाहरुमा पुगेर जथाभावी मदिरा बिक्री नगर्न र मदिरा सेवनबाट हुने बेफाइदाका बारेमा जनेचतना जगाएका छन । अभियान अन्र्तगत शुरुमा जनचेतना जगाउने र त्यसपछि आवश्यकता अनुसार अन्य कार्यक्रम गरिने सञ्जालले जनाएको छ ।
युवा महिला सञ्जालमा आबद्ध किशोरीहरुले मदिरा नियन्त्रणका लागि वडाका जनप्रतिनिधी र महिला समहुहरु संग समेत सहकार्य गरेको वडा सदस्य होमनाथ रिमालले जानकारी दिनुभयो । युवा महिलाहरुको सक्रियतालाई वडाले प्रोत्साहन गरेर मदिरा नियन्त्रणका लागि आवश्यक निर्णयहरु समेत गर्न लागेको छ ।
आर्थरमा भित्रीने सवारी साधनलाई मदिरा नबोक्न आग्रह गर्ने, जथाभावी रुपमा मदिरा बिक्री र सेवन नगर्न सबैलाई आग्रह गर्ने र गरेको पाईएमा कानुनी काबार्ही गरिने सदस्य रिमालले बताउनु भयो ।
