Correspondent, ParbatNepal
7 years ago
1961
जेष्ठ २३, पर्वत । जिल्ला युवा समिति पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा सिलाई कटाई सम्वन्धी आधारभुत तालिम शुरु भएको छ । जिल्ला युवा समिति पर्वतको आयोजनामा तालिम शुरु भएको हो ।
महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पु¥याउन तथा महिलाहरुलाई व्यवसाय बनाउन तालिमको आयोजना गरिएको हो । तालिममा साविक खानीगाउँ र देविस्थानका १० जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन जिल्ला युवा समितिका अध्यक्ष राजिव लामिछानेले गर्नुभएको छ । तालिमको उद्घाटन गदै लामिछानेले सिप मार्फत उद्यमी बन्न महिलाहरुलाई सुझाव दिनुभयो । उहाँले महिलाहरु स्वरोजगार सँगै उद्यमी बन्न आग्रह गर्नुभयो ।
महिलाहरु अझै पनि श्रीमानको भरमा चल्नुपर्ने बाध्यता रहेको बताउँदै सिप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । युवा समिति पर्वतको कार्यालयले बेरोजगार युवा तथा महिलाहरुलाई रोजगार मुलक सिप प्रदान गदै आएको बताउँदै लामिछानेले देशमा रहेको वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने कार्यालयको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रममा फलेवास नगरपालिका–५ खानीगाउँका वडा अध्यक्ष दिपक पौडेलले महिलाहरुको उद्यमशिलता तर्फ वडा कार्यालयले काम गरिरहेको दावी गर्नुभयो । कार्यक्रममा फलेवास नगरपालिका–६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले सिप सिकेर आत्मनिर्भर बन्न सुझाव दिनुभयो ।
स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाशपार्दै जिल्ला युवा समितिका कार्यालय प्रमुख राजेन्द्रवहादुर क्षेत्रीले तालिमलाई प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । खानीगाउँका महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताउँदै सिप सिकेर व्यवसायिक बन्न सुझाव दिनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिकाका श्रोत व्यक्ति भरत शर्मा लम्साल, फलेवास नगरपालिका–६ देविस्थान कार्यालयका प्रतिनिधी उत्तम घिमिरे, समाजसेवी दुर्गा तिवारी लगायतको उपस्थिती रहेको थियो ।
