Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2221




संसद बैठकको शैलीमा फलेवास नगरपालिकाको दोस्रो नगरसभा
संसद बैठकको शैलीमा फलेवास नगरपालिकाको दोस्रो नगरसभा

साजन परियार, जेठ २५ पर्वत पर्वत जिल्लाको फलेवास नगरपालिकाको दोस्रो नगर सभा बिहिबार सम्पन्न भएको स्थानीय सरकारको झल्को दिने गरि संसदको रुपमा शुरु भएको दोस्रो नगरसभाले स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न ११ वटा विधेयक पारित गरेको

नगरपालिकाले आफ्नो कार्य संचालका लागि आवश्यक पर्ने विभिन्न कानूहरुको निर्माण गर्ने तथा गत आर्थिक वर्षमा गरेका कार्यहरुको समिक्षा तथा पुनरावलोकन गर्दै नगरसभा सम्पन्न भएको हो नगरपालिकाका प्रमुख पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न विषयगत विधेयकहरुको दफावार छलफल गरि ध्वनी मतका साथ पास गरिएको थियो

नगरसभामा प्रस्तावित सबै विधेयकहरु सर्वसम्मत रुपमा पास गरिएको थियो यसले आगामी दिनमा नगरपालिकाका दैनिक कामकाज गर्न सहज हुने विश्वास गरिएको नगर सभाले शिक्षा विधेयक, न्यायिक समिति कार्य्बिधी सम्बन्धी बिधेयक, सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी बिधेयक, कर बिधेयक, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक, शंशोधित बजेट विधेयक लगायतका ११ वटा विधेयक पारित गरेको हो

स्थानीय सरकार संचालनका लागि विभिन्न कानूनहरु बनाउन पाउने भएपनि हालसम्म पुरानै कानून अनुसार संचालन गर्नुपरेको आगामी दिनमा नगर संचालनका लागि अझै प्रभावकारी हुने नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो उहाँले शिक्षा, न्यायिक सम्बन्धी कानूनको अभावमा स्थानीय रुपमा हुने समस्याहरुको निराकरणका लागि पनि केही गर्न नसकिएको बताउँदै आगामी दिनमा यसले थप प्रभावकारी बनाउने बताउनुभयो नगरपालिकाले पास गरेको शिक्षा विधेयकमा शिक्षकको दरबन्दीलाई स्थानीयकरण गरी हेरफेर, आन्तरिक सरुवा बढुवा गर्ने उल्लेख

संविधानअनुसार स्थानीय तहले विभिन्न २२ वटासम्म कानून बनाउन पाउँछ विधेयक पारित भएपछि गाउँपालिकाले संविधानले दिएको अधिकार प्रयोग गरेर काम गर्न सहज हुने नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो नगरसभाले कालीगण्डकी बहुउद्देश्यिय परियोजन अगाडी बढाउन सरकारले गरेको पहलका लागि धन्यबाद ज्ञापन गरेको भने आगमी दिनमा नगरपालिकाले सबैसँग सहकार्य गरि अगाडी बढ्ने अवधारणा समेत अगाडी सारेको

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)