Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1732




जिफण्ट कुश्माको अध्यक्षमा शर्मा
जिफण्ट कुश्माको अध्यक्षमा शर्मा


जेठ २७ पर्वत । नेकपा एमाले निकट नेपाल टे«ड यूनियन महासंघ (जिफण्ट) को कुश्मा नगर भेलाले खगेश्वरी शर्माको नेतृत्वमा कुश्मा नगर कमिटि गठन गरेको छ । भेलामा बोल्दै जिफण्ट प्रदेश नं. ४ का संयोजक रुद्र खत्रिले श्रमिकहरु एकतावद्ध भएर मात्र हकहितको अभियान सफल हुन सक्ने भएकाले संगठनमा आवद्ध हुन अपिल गर्नुभयो । 

उहांले जिफण्ट तमाम श्रमिकहरुको हित र अधिकार प्राप्तीमा क्रियाशिल संगठन भएको हुंदा यसले वर्तमान सरकारलाई मजदुर मैत्री नीति ल्याउन सहयोग गरेको धारणा राख्नु भयो । कार्यक्रममा बोल्दै नेकपा एमालेका उप सचिव गोविन्द पहाडीले वर्तमान नेपाल कम्यूनिष्ट पार्टीको सरकार मजदुर र किसानको पक्षमा काम गर्न गठन भएको हुंदा यसले आफना सवै बजेट र कार्यक्रमहरु तल्लो तहलाई मध्यनजर गरेर बनाएको दावी गर्नुभयो । 

मजदुरहरुको न्यूनतम ज्याला निर्धारण गर्ने, मजदुरको तलव बैंक खाता मार्फत भुक्तानी गर्ने, बजेटको धेरै अंश पूर्वाधार निर्माणमा विनियोजन गरेर रोजगारी सृजना गर्ने जस्ता कार्यक्रम अगाडी सारेर यसले मजदुरहरुका दिर्घकालिन समस्या समाधानका लागि पहल गरेको धारणा राख्नु भयो । 

कार्यक्रममा मोदी गाउंपालीका उप प््रमुख सेती महत,जिफण्टका प्रदेश सदस्य राजेन्द्र पौडेल, स्वरोजगार संघका केन्द्रिय सदस्य उमाराज बराल, क्यूपेक नेपालका केन्द्रिय सदस्य बलदेवी राई, एमाले प्रदेश विभाग सदस्य यदु पौडेल लगायतले बोल्नु भएको थियो । जिफण्ट प्रदेश उपाध्यक्ष नन्दलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिफण्ट प्रदेश सदस्य रमा श्रेष्ठले गर्नुभएको थियो ।




सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)