Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1871
पर्वतमा रुखबाट लडेर एकको मृत्यु
जेठ २७ पर्वत । मोदी गाउँपालिका ६ गिज्यानमा रुखबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । सोलुखुम्बुको सल्लेरी घर भई बिगत ३ बर्ष देखि गिज्यानमा मजदुरी काम गर्दै आएका ४० बर्षिय राज कुमार बस्नेतको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
काब्राको रुखबाट लडेर घटना स्थलमा नै मृत्यु भएको प्रहरी चौकी देउपुरले जानकारी गराएको छ । शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पर्बतको राखिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार (मोदी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)
