Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2198




चिर्दीखोलामा बन्योे पक्कि पुल
चिर्दीखोलामा बन्योे पक्कि पुल

जेठ २७, पर्वत । फलेवास सडक खण्ड अन्तर्गत चिर्दीखोलामा पक्कि पुल बनेको छ । फलेवास नगरपालिका ७ र १० को सिमानामा पर्ने चिर्दीखोलामा पक्कि पुल बनेको हो । दक्षिणी पर्वतका बासिन्दालाई पुल बनेपछि आवतजावतमा सहज भएको हुने भएको छ । यो पुल सम्झौता अवधि भन्दा अगावै निर्माण सम्पन्न भएको हो । 

स्थानीय पूर्वाधार बिकास तथा ग्रामीण कृषि सडक विभाग  डोलिडारबाट बिनियोजित एक करोड ६७ लाख १९ हजार लागतमा पुल निर्माण सम्पन्न भएको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख जगदिश शर्माले जानकारी दिनुभयो । जिल्ला प्राबिधिक कार्यालयले मृत सञ्जिवनी बिद्याञ्चल जेभी कम्पनीलाई निर्माणको ठेक्का लगाएको थियो । कम्पनीका ठेकेदार चेतनारायण आचार्यले असोजसम्म निर्माण सक्ने लक्ष्य भएपनि चार महिना अगावै निर्माण सम्पन्न गरेको बताउनुभयो । 

आरसिसिटिबिम शैलीको यो पुल निर्माणका लागि ११ असार २०७४ मा कम्पनीले ठेक्का लिएको थियो । यो पुल बनेपछि फलेवास नगरपालिका सहित, महाशिला, बिहादी र पैयुँ गाउँपालिका, बागलुङको जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका बासिन्दालाई आवाजजावतमा सहज भएको छ । यो खोलामा पुल नहुँदा हिउँदाका ६ महीनाबाहेक दक्षिणी पर्वतका २ दर्जन साविकका गाविसमा गाडी चल्दैनथे । पुल बनेपछि बाह्रैमास गाडी गुड्न संभव भएको जिल्ला प्राबिधिक कार्यालयका प्रमुख शर्माले बताउनुभयो । जिल्लामा दुईवटा पक्कि पुल ठेकेदारको लापरबाहिले अलपत्र परेको अवस्थामा चिर्दीखोलाको पुल समय अगावै सम्पन्न भएको छ ।

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)