Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2715




वडाध्यक्षले फेसबुक स्टाटसमा अपशब्द लेखेको भन्दै गाउँलेको आपत्ति
वडाध्यक्षले फेसबुक स्टाटसमा अपशब्द लेखेको भन्दै गाउँलेको आपत्ति

जेठ २७, पर्वत ।पर्वतको महाशिला गाउँपालिकाको केन्द्र परिवर्तनबारे वडाध्यक्ष र स्थानीयबासिन्दाबीच फेसबुकमा जुहारी चलेको छ ।

वडा नं. ३ का वडाध्यक्ष रोशन गुरुङले फेसबुकमा जवाफ दिने क्रममा अपशब्द प्रयोग गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् । 

स्थानीय शिक्षक धु्रब केसीले महाशिला गाउँपालिकाको केन्द्र बालाकोटमा अपायक परेको भन्दै केन्द्र अन्यत्र सार्नका लागि पहल गर्ने भन्दै लेखेकोे स्टाटसमा वडाध्यक्ष गुरुङले अपशब्द प्रयोग गर्नुभएको हो ।


यस्तै अर्का युवा गोविन्द अधिकारीको स्टाटसमा जवाफ दिँदै उहाँले आफू भएको ठाउँमा कसैले पनि हात लगाउन नसक्ने र हात लगाउने प्रयास गरेमा राम्रो नहुने बताउनुभएको छ । 


वडाध्यक्षले गालीगलौज गरेको भन्दै स्थानीयबासिन्दाले आपत्ति जनाएका छन् । अहिले गाउँपालिकाको केन्द्र वडाध्यक्ष गुरुङकै वडामा पर्छ ।

साभार ः उज्यालो अनलाईनवाट

सम्बन्धित समाचार (महाशिला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)