Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1805




जेष्ठ नागरिकलाई परिचय पत्र बितरण
जेष्ठ नागरिकलाई परिचय पत्र बितरण


जेठ ३० पर्वत । जलजला गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिक परिचय पत्र बितरण गर्न थालेको छ । ६० बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिक परिचयपत्र बितरण गनेै गाउँ कार्यपालिकाको निर्णय अनुसार परिचयपत्र बितरण गर्न थालिएको सामाजिक बिकास अधिकृत लिलाधर सुबेदीले जानकारी दिए  । 

‘जेष्ठ नागरिक ऐन २०६३ मा व्यवस्थाहरुको कार्यान्वयन गर्नुपर्ने स्थानीय सरकारको दायित्व अनुसार जेष्ठ नागरिक परिचयपत्र बितरण थालेका हौँ,’ उनले भने । ‘परिचयपत्रको अभावमा कोहि पनि बृद्धबृद्धाहरु राज्यले दिने सेवा सुविधाबाट बञ्चित नहुन भनेर अहिले घरघरै पुगेर परिचय पत्र दिइएको छ,’ उनले भने,‘गाउँमा सरकार आएको उनीहरुलाई महसुस समेत भएको छ ।’ 

गाउँपालिकाले वार्ड नम्बर १ बाट मंगलबार देखि परिचय पत्र बितरण गर्न शुरु गरेको हो ।९ वटा वडा रहेको गाउँपालिकामा पुगेर परिचय पत्र बितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष सीमा पुनले जानकारी दिईन् । 

‘कोहि पनि नछुटुन र कोहि पनि सुबिधा बाट बञ्चित नहुन भनेर परिचय पत्र बितरणको अभियान थालिएको छ,’ उनले भनिन्,‘ हिँडेर गाउँपालिकाको कार्यालय आउन नसक्नेलाई घरमै पुगेर परिचयपत्र दिईरहेका छौँ । ’ सबै जात, सबै वर्ग, लिंगका नागरिकहरुलाई परिचय पत्र बितरण गर्न लागिएको पुनले बताईन् । ‘बेसलाईन सर्भे नभएकाले ६० बर्ष उमेर पुगेका नागरिकको संख्या कति छ भन्ने यकिन छैन,’ उनले भनिन्,‘ यो अभियान पछि उक्त तथ्याकं पनि आउला ।’ असार महिनाभित्रै सबैलार्ई परिचय पत्र बितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)