Contributor, ParbatNepal
8 years ago
2357
जापानमा रहेका पर्वतेलीहरुको संस्था पर्वत समाज जापानको पाँचौ अधिवेशन डिसेम्बर ३१ मा हुने भएको छ । अधिवेशनले आर्थिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाईएको छ । साथै अधिवेशनबाट नयाँ कार्यसमितिको समेत चयन हुनेछ । पर्वतेलीहरूको सामूहिक एकेबद्धता, सामूहिक उपलब्धिको बारेमा छलफल गरि नया कार्यसमिति चयन गरिनेछ ।
अधिवेशनको लागि ओम गुरुङ्को संयोजकत्वमा मोहन घले र महेन्द्र श्रेष्ठ सहित तीन सदस्यिय निर्वाचन कमिटी गठन गरिएको कार्यवाहाक अध्यक्ष सुजन जोशीले जानकारी दिए । उनले जापान मै रहेका तथा पर्वत समाज जापानको बारेमा जानकारी नभएका हरुलाई समेत अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।
शिनूकूबो स्थित डबका नेपाली रेस्टुरेन्ट मा सम्पन्न हूने अधिवेशन को लागी जापान मा रहेका पर्वतेलीहरू लाई साविकका ५५ गबिस का संयोजक हरू छनौट गरी सदस्य संकलन कार्य लगायत अधिबेसन को सम्पूर्ण तयारी पूरा भएको र निर्धारित मिती स्थान र समय मा उपस्थित हुनको समाजका महासचिब जनक सूबेदीले आह्वान गरेका छन् ।
