Correspondent, ParbatNepal
8 years ago
2009
गाउँपालिकाले खाल्डाखुल्डी पुर्नुका साथै आकाशे पानीपरेपछि हिलाम्य हुने ठाउँहरुमा ढुंगा, गिट्टी बालुवा बिछ्याउने काम गरेको छ । बर्षामा समेत पैंयूँबासीहरुलाई सवारी साधनमै आवतजावत गर्न सहज हुने गरी मुख्य सडक मर्मत गरिएको पैंयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।
‘बर्षा लागेपछि सवारी बन्द हुने अवस्थालाई अन्त्य गर्दै गाउँपालिकाकै लगानीमा सडक मर्मत गरेका छौ’ तिवारीले भने–‘मुख्य सडकहरु अब बाह्रै महिना सञ्चालन हुने ब्यवस्था मिलाउने छौ ।’ गाउँपालिकाका कार्यकारी अधिकृत कल्पना खनाल बस्नेतले वडाबाट केन्द्रसम्म मुख्य सडकलाई मर्मत गरी पानी परेको समयमा समेत आवतजावतका लागि सहज बनाएको बताइन् ।
‘पहिलो चरणमा मुख्य सडकहरु मर्मत गरेका छौ’ उनले भनिन्–‘केही भएमा तत्काल मर्मतको ब्यवस्था मिलाउछौ । पर्वतको दक्षिण भेगमा पर्ने पैंयूँ गाउँपालिकामा झण्डै तीन किलोमिटरनजिक स्याङ्जाको वालिङ हुँदै सडक कालोपत्रे पुगेको छ । वालिङ हुवासको यो सडक सञ्चालन भएकै कारण दलिक्ष पर्वतका बासिन्दालाई अन्यत्र जान आउन सहज भएको छ । उक्त सडकको अहिले पर्वत खण्ड मात्रै कालोपत्रे हुन सकेको छैन ।
